काठमाडौँ, २३ वैशाख । चीनको हानचाउमा सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुने भनिएको १९ औँ एसियन गेम्स यस नहुने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स यस वर्ष नहुने जनाएको चीनको सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँग जुधिरहेका कारण एसियन गेम्स स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ ।
ओलम्पिक काउन्सिल अफ एसियाले नयाँ मिति पछि घोषणा गर्ने जनाएको छ ।

गेम्समा ४४ देशका ११ हजार खेलाडीहरुले सहभागिता जनाउने भएका थिए । नेपालले २३ खेलमा सहभागिता जनाउने भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर