काठमाडौ, ५ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न महानगरपालिका र उपमहानगर पालिका तथा नगरपालिका लगायतका उम्मेदवार मिलाउन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा वसिरहेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू देव गुरुङ र वर्षमान पुनको सहभागिता रहेको छ ।

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ पनि सहभागी छन् भने नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु सहभागिता छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर