काठमाडौं, ३० चैत । नेकपा (एमाले)र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा आज भएको वैठक पछि सो सहमती भएको हो ।

बैठकमा एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँचबुँदे सहमति भएको हो ।

सहमती अनुसार एमाले र राप्रपा नेपालका जिल्ला कमिटीले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने आ–आफ्नो पार्टी केन्द्रमा उठाउने । केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन हुनेछ ।

त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर