
साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभन्दा सिर्जना भएको दुखद परिस्थितिलाई भिडियोमा प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा सुजिता सिवाकोटी, दिपेश परियार र श्रीयम लामाको अभिनय रहेको छ। राम केसीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। टिम मुक्तिनाथको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।