काठमाण्डौ, २० फागुन ।नेपाली काँग्रेसको पर्सा कांग्रेस सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी श्याम पटेललाई पराजित गर्नुभएको हो ।

विजयी सिंहले एक हजार एक सय १० मत ल्याउँनु भएको छ भने पराजित पटेलले जम्मा ६४५ मत प्राप्त गर्नुभएको छ ।

विजयी सिंह पार्टी सभापति शेरबहादुर देउवा निकटका हुनुहुन्छ। पराजित  श्याम पटटेल कोइराला समूहको हुनुहुन्छ ।  सिंह  पर्सा जिविसको सभापतिसमेत भैसक्नुभएको छ ।

पर्सा जिल्लाको अधिवेशन क्रियाशील सदस्यता विवादको कारण महाधिवेशन अगाडि हुन सकेको थिएन । यो जिल्लासँगै अन्य १६ जिल्लाको काँग्रेसको अधिवेशन त्यसरी नै रोकिएको थियो । यतिवेला ती अधिवेशन रोकिएका १६ जिल्लमा काँग्रेसको अधिवेशन भैरहेको छ ।

मकवानपुर, सिन्धुली, कैलालीको भैसकोको छ भने आज चितवन र बाँकेमा चुनाव भरहेको छ ।मकवानपुर र कैलालीको सभापतिमा देउवापक्षका व्यक्ति चुनिएका छन् भने सिन्धुलीमा कोइराला पक्षका व्यक्ति सभापति छानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर