काठमाडौं, १८ फागनु । ग्याल्पो ल्होसारको अवसरमा सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक विदा दिएको गृह मन्त्रालयले आज जनाएको छ ।
ल्होसार पर्व बौद्ध धर्मालम्बीहरुको प्रमुख चाड हो।
गृहले जारी गरेको सूचनामा ग्याल्पो ल्होसार पर्वको उपलक्ष्यमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरु बिदा रहने छ।
