काठमाडौँ, ११ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
विकासका लागि ल्याइएको परियोजना भएको र पहिल्यैदेखि सरकारमा संलग्न रहेदै आएकाले नैतिकताको आधारमा समर्थन गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले बताउनुभयो ।
लोसपाका १३ सांसद छन् ।
