काठमाडौं, १९ फागुन । नेकपा प्रचण्ड–माधव नेपाल पक्षको स्थायी समिति बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
स्थायी समिति सकिए लगत्तै केन्द्रीय समिति बैठक सुरु भएको थियो ।
नेकपा सचिवालय बैठकले केन्द्रीय समिति सदस्यहरुलाई नागरिकता र पार्टीको परिचयपत्र सहित उपस्थित हुन सर्कुलर गरेको छ ।