काठमाडौँ, १८ फागुन । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाका संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली आज गठन गरिएको हो ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही बेरअघि जारी गर्नुभएको प्रेस विज्ञप्तिमा वार्ताटोली गठन गरिएको जनाइएको छ ।
मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति गठन गरेको छ ।नेकपा विप्लव समूहले पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपकलाई अघि सारेको छ । विप्लव समूहले मंगलबार प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक चलाउने सदस्य रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी एक विज्ञप्ति मार्फत दिएको छ ।
महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएको सन्दर्भमा बिचारणीय पक्ष केछ भने प्रचण्ड समूहलाई कमजोर बनाउन पनि प्रधानमन्त्री ओलीले चन्दलाई आफ्नो पक्षमा उभ्याउन कुनै कसरत बाकी राख्नु हुनेछैन भन्ने बिस्वास गरिदैछ ।