काठमाडौं, १३ माघ । जिवन्त अभिनय मार्फत फिल्म र म्युजिक भिडियोमा आफुलाई अब्बल सावित गर्न सफल कलाकार विजय बराल अभिनित नयाँ म्युजिक भिडियो  ‘तिम्रो याद आयो’  सार्वजनिक भएको छ।  भिडियोमा कलाकार वरालले  विदेश गएका युवाको पात्रको रुपमा भूमिका निभाएका छन्।

यस गीतमा सविन सुवेदीको सुमधुर स्वर सुन्न सकिन्छ भने गोपाल लोहारको मार्मिक शब्द रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। परदेशीको  पिडा र मनोभावनालाई  प्रस्तुत गरिएको  भिडियोमा  , प्रमिला खनाल र माया पौडेलको  समेत अभिनय देख्न सकिन्छ।

श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन्।  गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको  हो।

भिडियो लिंक: https://youtu.be/0YJVFktDFPM

प्रतिक्रिया

सम्बन्धित खवर