काठमाडौं , ८ माघ-। भोइस अफ नेपाल सिजन १ का विजेता गायक सिडी विजय अधिकारीले संगीतवद्द गरेको कवाली शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा प्रतिभाशाली युवा गायक बिरेन रसाइलीको स्वर रहेको छ। दिलिप घिमिरेको सुन्दर शब्दमा रहेको यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। भिडियोमा अमिषा सुवेदी समेत फिचर्ड छिन्।
ताज प्लालेसमा छायाँकन गरिएको यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन्। भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ। विकाश दाहालले सम्पादन गरेको यस भिडियोलाई प्रकाश धितालको निर्देशनमा तयार पारिएको हो। ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
