काठमाडौँ, १५ फागुन ।   नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताउनुभएको छ । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताउनुभयो ।

‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक ओलीले केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका खेलेका थिए । सकुनीलाई छलकपट र अन्यायका प्रतीकका रुपमा चिनिन्छ ।प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा  छन् प्रचण्डले आरोप लगाउनुभयो ।

“पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन्, उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उहाँले भन्नुभयो, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो, त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।”

कम्युनिष्ट पार्टीकै नेतृत्वमा बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्रीबाट प्रहार हुनु नै सबैभन्दा दुःखद् रहेको उहाँको भनाइ छ । अध्यक्ष दाहालले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर प्रधानमन्त्री लागेको आरोप लगाउनुभयो ।

सोही अवसरमा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको बताउनुभयो । उहाँले बालुवा पेलेर तेल निस्किनु र प्रधानमन्त्री ओली सुध्रिनु एउटै भएकोबताउदै गलत प्रवृत्तिको विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर