काठमाडौ, १५ पुस । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कठपुतली’लाई दर्शकहरुले निकै रुचाउने देखिएको छ ।
हरर र राजनीतिक विषयवस्तुलाई समायोजन गरेर निर्मााण गरिएको यसखाले चलचित्र नेपाली पर्दामा अहिलेसम्म नआएको कुरा चलचित्रको विहीवार भएको प्रिमियर सोमा केही दर्शकहरुले वताएका छन् भने चलचित्रकर्मीहरुले यसलाई उत्कृष्ट बताएका छन् ।

चलचित्रको छायांकन, साउण्ड डिजाइन र कथालाई चलचित्रकर्मीले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने केहीले यो े अन्तर्राष्ट्रिय स्तरमा पनि जान सक्ने सम्भावना रहेको औंल्याएका छन् ।

भीमसेन लामाको निर्देशनमा बनेको यो चलचित्रको लेखन सम्पदा मल्ल र पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर