काठमाडौं, १० पुस । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको नव निर्वाचित केन्द्रीय समितिको बैठक १५ मिनेट वसेर सकिएको छ।

वैठकले पार्टीको महाधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने सवैमा धन्यवाद ज्ञापन गरेको छ।

यसैगरी वैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने, निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर