
काठमाडौं २ पुस । प्रवासमा रहेर नेपाली संगीतमा आफ्नो भविष्य खोजिरहेका गायक हरि लिम्बु र लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको ‘दिलको हरन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द गरेको यस गीतमा बिष्णु पोल्वाङ्छा चाम्लिङ राईको शब्द रहेको छ। उदयराज पौडेलले यस गीतलाई संगीत संयोजन गरेका हुन्। नायक पल शाह र नायिका स्वस्तिमा खड्का बीचको अन्स्क्रिन रोमान्स म्युजिक भिडियो देख्न सकिन्छ।
नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन्। दिन्सन शाहले सम्पादन गरेको भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो। ए प्लस नामक युट्युव च्यानाल मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
भिडियो लिंक: https://youtu.be/7AVVfi-dyQg