काठमाण्डौं, १७ मंसिर । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले गण्डकी प्रदेशको सभापतिमा नेता शुक्रराज शर्मा उम्मेदवार बनाउने भएको छ ।
त्यो समूहबाट सभापतिका लागि यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेलले दबी गरेका थिए।
उता शेरबहादुर देउवा समूहले सो पदमा अर्जुन जोशीलाई उठाउने निर्णय यसअघि नै गरिसकेको छ ।
पौडेल समूहबाट उम्मेदवार घोषित शर्मा पोखरा,कास्कीका हुनुहुन्छ । उहाँ कास्कीमा तीन पटक सभापति भैसक्नुभएको छ ।
आफ्नो समूहबाट धेरै आकांक्षी देखिएपछि रामचन्द्र पौडेल सहमति जुटाउन गत बुधबार पोखरामा पुग्नुभएको थियो । उहाँकै प्रयासमा शर्माको नाममा सहमति जुटेको हो । हिजो बिहीबार राती सहमति भएर शर्मालाई साझा उम्मेदवार चयन गरिएको हो ।
शर्मको उम्मेवारीमा सहमति भएको घोषणा गर्दा महामन्त्री शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेता धनराज गुरुङ, प्रदेश सभापतिका आकांक्षीहरू यज्ञबहादुर थापा, देवराज चालिसे, रघुनाथ पौडेललसँगै थिए।
वरिष्ठ नेता पौडेलले आफूपक्षीय कार्यकर्तालाई यो निर्णय ‘मुटुमा गाँठो पारेर’ मानिदनुहुन भनी आग्रह गर्नुभएको छ ।
आकांक्षीहरूले मुटुमा गाँठो पारे पनि पौडेलको यो निर्णयबाट उहाँका कार्यकार्ता धरै रिसाएका छन् ।