चितवन, १४ मंसिर । नेकपा एमालेको चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली पुनः चारवर्षका लागि निर्वाचित हुनुभएको छ ।
उहाँले अध्यक्ष पदमा सर्वसम्मतबाट आउन चाहेपनि सो पदमा अर्का नेता भीम रावलले पनि दावि गर्नुभएपछि निर्वाचनमा जान वाध्य हुनुभएको थियो ।
निर्वाचनमा ओलीले १८४० मत पाउनुभएको थियो भने अर्का उहाँका प्रत्यासी रावलले २२३ मत पाउनुभएको थियो ।
२ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये निर्वाचनमा २ हजार ९६ मत खसेको थियो ।
