चितवन, १३ मंसीर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिनासाथ सो पदमा निर्विरोध भएको हो।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध हुनुभएको छ ।

यसैगरी नेकपा एमालेका नेता एवं पदाधिकारीका आकांक्षी लालबाबु पण्डितले साधारण सदस्य मात्रै रहने घोषणा गद्र्रै केन्द्रीय सदस्य त्याग्नु भएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर