काठमाण्डौं, १३ मंसिर । नेपाली कांग्रेस धादिङ जिल्ला सभापतिमा रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिस्पर्धी भीम ढुंगानालाई ३६ मतको अन्तरले हराउनु भएको हो ।

धादिङबाट प्राप्त आज बिहान प्राप्त समाचार अनुसार, विजयी अधिकारीले १ हजार ८२  मत प्राप्त गर्नुभएको छ भने पराजित ढुंगानाले १ हजार ४६ मत प्राप्त गर्नुभएको छ ।

अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुनुहुन्छ भने ढुंगाना देउवा समूहको हुनुहुन्छ ।

त्यहाँ दुबै पक्षले आ-आफ्नो प्यानल बनाएर चुनाव लडेका थिए ।

त्यसैगरी त्यहाँ उपसभापतिमा गेहेन्द्र मल्ल   र दलबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । मल्लले १०६८ र दलबहादुरले १००६ मत ल्याउनु भएको छ ।

सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ  निर्वाचित हुनुभएको छ भने सहसचिवमा नबराज तिमल्सिना १०९१ मत ल्याएर विजयी हुँदा क्रान्ति डल्लाकोटी र विजय पाख्रीन बराबरी मत ९९५ प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर