काठमाण्डौं, ११ मंसिर ।  नेपाली काँग्रेसको दार्चुला जिल्लाको  सभापति पदमा ललितसिंह बोहोरा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी अमरसिंह धामीलई पराजित गर्नुभएको हो ।

आज शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार ललितसिंह बोहराले ६२० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी अमरसिंह धामीले जम्मा ३०९ मत पाउनु भएको छ ।

सभापतिमा दोस्रो कार्कालको लागि निर्वाचित बोहरा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडु निकट हुनुहुन्छ ।

आजै गरिएको मतपरिणामको घोषणा अनुसार हिमालदत्त श्रेष्ठ पाल्पा काँग्रेसको सभापति चुनिनु भएको छ । श्रेष्ठले देउवा पक्षका उम्मेदवार कृष्णप्रसाद बस्याललाई दोब्बरभन्दा बढी मतले पराजित गर्नुभएको छ ।

विजयी श्रेष्ठले ८९० मत प्राप्त गर्नुभयो भने पराजित बस्यालले जम्मा ३८१ मत ल्याउनु भएको छ । पाल्पामा दुबै उम्मेदबारले समूह नै बनाएर चुनाब लडेका थिए । त्यहाँ श्रेष्ठको पूरै समूह विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर