काठमाण्डौं, ११ मंसिर ।  नेपाली काँग्रेसको स्याङ्जा जिल्लाको  सभापति पदमा राजु थापा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी भागवतप्रकाश मल्ललाई हराउनु भएको हो ।

आज बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार, थापाले एक हजार ११७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी मल्लले एक हजार ८५ मत पाउनुभएको छ ।

स्याङ्जामा कूल दुई हजार २५७ मतदातामध्ये दुई हजार २१८ मत खसेको थियो। काँग्रेसको विधान अनुसार विजयी हुन ५१ प्रतिशत मत ल्याउनु पर्छ ।

थापार मल्ल दुबैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी लडेका थिए । उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक/एक जना निर्वाचित भएका छन् ।

विजयी हुनेमा थापा समूहबाट उपसभापतिमा केदार काफ्ले र मल्ल समूहबाट शेरबहादुर थापा हुनुहुन्छ । सचिवमा थापा समूहबाट गुरुप्रसाद भट्टराई र मल्ल समूहबाट दामोदर लम्साल विजयी हुनु भएको छ भने सहसचिवमा थापा समूहबाट ध्रुवबन्धु पौडेल र मल्ल समूहबाट पृथ्वीप्रसाद पोख्रेल विजयी हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर