विराटनगर, १ मंसिर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत प्राप्त भएको छ ।
प्रदेश सभाको आजको बैठकबाट सो प्राप्त भएको हो ।

मुख्यमन्त्री राईको पक्षमा ५० मत प्राप्त भएको थियो भने २९ जनाले उहाँको विपक्षमा मतदान गरेका थिए।

उहाँलाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लिम्बुवान मञ्चसहितको पाँचदलीय गठबन्धनको समर्थन थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर