बहुउद्देश्यीय सहकारीको रुपमा मंगलमय सहकारी सस्था लि ले विहिबारबाट औपचारिक रुपमा कारोबारोको थालनी गरेको छ।कागेश्वरी मनोहरा ७ भद्रकाली चोक नजिकै रहेको मंगलमय सहकारी सस्था लि को नेतृत्व अध्यक्षका रूपमा तुलसिराम बादेले गर्नुभएको छ। एस सस्थाले सहकारीको माध्यमबाट आम मानिसहरुसंग समन्वय र सहकार्य गर्दै नागरिकको जीवन उठाउने कुरामा प्रतिबद्ध रहेने बताउदै लक्ष्मी बैंकका संचालक दिनेश पौडेलले  एक कार्यक्रमका विच सस्थाको औपचारिक उद्घाटन गर्नुभएको थियो। मंगलमय सहकारी सस्था लि संग सम्बन्धित विषयको बारेमा   यस सस्थाका उपाध्यक्ष रत्न पराजुली संग गरेको कुराकानिको पुर्ण पाठ तल दिएको छ।

 मंगलमय बहुउद्देश्यीय सहकारी सस्था लि° के-कस्ता उदेश्य प्राप्तिका लागि खोलिएको सस्था हो ?

-यो हामिले बहुउद्देश्यीय लिनुको कारण विभिन्न उदेश्यहरु जस्तै बेरोजगारी कम गर्नु,बचत गराउनु संगसंगै आधुनिक र सेवामुखी सबैको साझा सस्थाको रूपमा विकास गर्दै देसैभरी रहेका नेपालीको साझा सम्पत्तिको रुपमा विकास गर्दै नागरिकको घर-घर ,दैलो – दैलोमा गयर खाता नभएकोलाई खाता खुलाउदै सुरक्षित र आधुनिक सहकारीको प्रणाली मार्फत आम समुदायमा भरपर्दो सेवा प्रवाह गर्नु यसको उदेश्य हो। साथै मानिसहरुलाइ बैंकिङ कारोबारोको पहुँचमा ल्याउदै निरन्तर नागरिक केन्द्रीत सेवा दिनु हाम्रो प्रमुख उदेश्य हो ।

 मंगलमय  सहकारी कस्तो खालको सस्था हो ?

-डेफिनेटली मंगलमय बहुउद्देश्यीय सहकारी सस्था लि° नाफामुखी सस्था हो। तर सस्थाको हकमा नाफा कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कार्यलय ब्यबस्थापन लगायत अन्य प्रसासनिक काम कार्वाहीको लागि सस्था नाफामा जानुपर्छ।तर नाफा आर्जन गर्दैगर्दा नागरिकलाई कस्तो सेवा दिने भन्ने कुरा महत्त्वपूर्ण हो तसर्थ नागरिकलाई सेवाबाट सन्तुष्ट बनाइ बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्याउने हाम्रो उदेश्य हो। तेसैले मंगलमय बहुउद्देश्यीय सहकारी सस्था लि° नाफा मुखी सस्था भयतापनी यो बेहत्तर मानिसहरूको सेवामा केन्द्रित हुन्छ भनेर बुझ्नुपर्छ जस्तो लाग्छ।

 आम नागरिकको जीवनसंग जोडिने आधारहरू के के छन?

– नेपालमा पहुचका आधारमा मात्रै सेवा पाइने परम्परा तपाइँ हामी सबैलाई थाहा नै छ।तेसैले हामी आम नागरिकको जीवन छुने गरि नागरिकको घर-दैलोमा पुगेर विभिन्न पेशा गरेर मेहनत गरेर कमायको 100/200 रुपैयाँ सहकारी मार्फत उचित ब्याजमा बचत गराउदै गरिबी निवारण गर्नुमा टेवा पुर्याउने जुन सस्थाको उदेश्य छ। जसकारण यो धेरै नेपालिको मन मुटुमा बस्ने सबैको साझा सम्पत्तिको रुपमा रहन्छ जस्तो लाग्छ।संगसङै यस सस्थाले आम नागरिकलाई प्रत्यक्ष लाभ दिने भयकाले पनि यो सस्था धेरै मानिसहरूको साझा सस्था बन्छ।

 मंगलमय  सहकारीले उपत्यकामा मात्रै सेवा प्रदत्त गर्छ कि देसभरी नै गर्छ?

-सस्थाको प्रधान कार्यलय कागेश्वरीमा भयतापनी मंगलमय बहुउद्देश्यीय सहकारी सस्था लि°को उदेश्य बढी भन्दा बढी मानिसको साझा सम्पती बनाउने नै हो। त्यसैले हाललाई हाम्रो सेवा उपत्यकाभित्र रहेतापनी हामी यसलाइ देसब्यापी बनाउछौ। हामिले विभिन्न क्षेत्र जस्तै कृषि, ब्यबसाय,पर्यटन लगायतका विभिन्न क्षेत्रमा लगानी गर्छौ । तेसैले विभिन्न पेशा गर्न चाहाने युवाहरुको आवश्यकता लाई मध्यनजर गर्दै स्थापना गरेको यो सस्था देसका ७७ जिल्लामै फराकिलो पहिचान निर्माण गर्दै देशभरी नै परिस्कृत हुन्छ ।

 पैसा नभएको तर ब्यबसाय गर्न चाहाने कसैलाई पनि यस सस्थाले सहयोग गर्न सक्छ वा सक्दैन?

– पक्कै पनि सक्छ किनकि हाम्रो उदेश्य नै धेरै भन्दा धेरै सेवा दिने भन्ने नै हो। संगसङै पैसा नभयर कारोबार बन्द गरेको , कारोबार गर्न चाहाने , वा जिविको पार्जनका लागि नै कसैलाई समस्या छ भने हामी सजिलै ५० हजार सम्म कर्जा उपलब्ध गराउन सक्छौं। संगसंगै अरु थप कर्जा पनि हामी सस्थाको सामान्य प्रक्रिया पूरा गरेर उपलब्ध गराउछौ।

 मंगलमय  सहकारी  सस्थामा जोडिन चाहाने आम मानिसलाइ केही सन्देश दिन चाहानुहुन्छ?

– आउनुस सहकार्य गरौ साथमा साथ हातमा हात मिलाएर अघाडी बढौ। सहकारिको माध्यमबाट देस परिवर्तनमा योगदान गरौ। अन्त्यमा भविस्य सुनिश्चित गर्दै यस सस्थालाइ सबैको साझा सम्पतीको रूपमा अघि बढाउ भन्न चाहान्छु।

 

 

से

प्रतिक्रिया

सम्बन्धित खवर