
कठमाडौ, ३१ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको ज्यान गएको छ ।
यस सहित ज्यान जानेको संख्या १११०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १५११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १६८९ जना विसेक भइसकेका छन् । हालसम्म विसेक हुनेको संख्या ७ लाख ४५ हजार २१५ रहेको छ ।