
काठमाडौ, २७ भदौ । प्रतिनिधिसभाको आज वसेको बैठक अवरोधका कारण भदौ २९ गते १ वजेसम्मका लागि स्थगित भएको छ।
आजको बैठकमा नेकपा एमालेका सांसदले अवरोध गरेका कारण सभामुखले उक्त गतेका लागि स्थगित गर्नुभएको हो ।
एमालेका सांसदहरुले १४ सांसदहरुको कार्यवाहीको माग गर्दै वैठक अवरोध गरेका थिए ।