काठमाण्डौं, १७ भदौ । साताको अन्तिम कारोबारको दिन नेपालको शेयर बजारमा उच्च अंकको गिरावट आयो । बिहीबारको शेयरबजारमा नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा भएको छ ।

दिनभर भएका एक लाख ५ हजार ७ सय ७५ कारोबारबाट २३०कम्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

केही दिनदेखि नेपालको शेयर बजार निरन्तर ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर