काठमाण्डौं, १७ भदौ । भारतीय टेलिभिजन सिरियलका बिख्यात कलाकार सिद्धार्थ शुक्लाको चालीस वर्षको उमेरमा आज मृत्यु भएको छ ।
भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम “बिगबस “- १३ र “खतरो का खिलाडी” का विजेता सिद्धार्थले भारतीय टेलिभिजनको अर्को लोकप्रिय सिरियल “बालिका बधू” मा कलेक्टर शिवको भूमिकाबाट यस क्षेत्रमा प्रिसद्धि प्राप्त गरेका हुन् ।
सिद्धार्थ आफ्नो आमा र दुई वहिनीसँग मुम्बईमा बस्थे । उनी अविवाहित थिए ।
हिजो राति सुतेका सिद्धार्थ आज विहान आफ्नो घरमा मृत पाइएका थिए । घर परिवारबाट स्थानीय कुपर स्पताल पुर्याइएका सिद्धार्थलाई अस्पताल पुग्ने वित्तिकै मृत घोषित गरिएको थियो ।
“बाबुलका अंगना छुटेना” भन्ने टिभि सिरियलबाट अभिनय शुरु गरेका उनले “जाने पहचाने से”, “ये अजनवी”, “लव यु जिन्दगी” लगायतका सिरियलमा काम गरेका थिए ।
सिद्धार्थ शुक्लाको मृत्युमा बिगबासका सञ्चालक सलमान खान लगायत धेरैले शोक प्रकट गरिरहेका छन् ।
