काठमाण्डौं, १४ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

सो पार्टीको १४ औं महाधिवेशन आगामी मंसिर ९/१३मा हुने कार्यक्रम छ ।

प्रतिनिधिसभाको सदस्यसमेत रहनुभएको थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आज सोमबार आयोजित कार्यक्रममा यो घोषणा गर्नुभएको हो ।

कार्यक्रममा थापाले बताउनुभयो : ‘आगामी १४ औं महाधिवेशनमा म महामन्त्री पदमा उठ्ने घोषणा गर्दछु । मैले मेरै ठाउँमा आयोजित  यस कार्यक्रमबाट यो घोषणा गरेँ।’

काँग्रेसका चर्चित युवा नेता गगन थापा २०७२ को १३ औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार बन्नुभएको थियो ।

त्यसबेला उहाँ वी पी पुत्र शशांक कोइरालासँग पराजित हुनुभएको थियो ।

काँग्रेसमा १३ औं महाधिवेशनदेखि देउवा, पौडेल र सिटौला तीन पक्ष रहेका छन् । गगन थापा त्यसबखत सिटौलाको पक्षबाट महामन्त्रीमा उठ्नुभएको थियो ।

अब आगामी महाधिवेशनमा उहाँ कुन पक्षबाट महामन्त्रीको उम्मेदबार बन्दै हुनुहुन्छ त्यो भने उहाँले स्पष्ट पार्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर