काठमाण्डौं, १३ भदौ । नेकपा(एकीकृत समाजवादी) पार्टीको सदीय दलको नेतामा माधवकुमार नेपाल  चुनिनु भएको छ।

यो पार्टी के पी शर्मा ओली अध्यक्ष रहेको नेकापा (एमाले) फुटेर बनेको हो । यसले गत बुधबार मात्रै निर्वचन अयोगबाट मान्यता पाएको छ ।

पार्टीको अध्यक्ष पनि स्वयं माधवकुमार नेपाल हुनुहुन्छ ।

आज आइतबार बसेको नेकपा समाजवादीको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चुनेको हो ।

नेकपा समाजवादीमा २३ सांसद छन्।

त्यसैगरी एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल छानिनु भएको छ । राष्ट्रिय सभामा यो नयाँ दलका ७ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर