काठमाण्डौं, १० भदौ । नेपाली काँग्रेसका केही जिल्लाका सभापतिहरू हिजोदेखि पार्टी कार्यलय सानेपामा अनसनमा बसेका छन् ।

अनसनकारी जिल्ला सभापतिहरूको मुख्य माग क्रियाशील सदस्यताको विवरण यथाशीघ्र सार्वजिनक गरियोस् भन्ने रहेको छ ।

चौवीस घण्टाको यो रिले अनसनमा आज तनहुँका सभापति बैकुण्ठ न्यौपाने, डोल्पा सभापति अंगदकुमार बुढा र सुर्खेत सभापति कमलराज रेग्मी बसेका छन् ।

उनीहरूलाई ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरी गुरागाईं पनि अनशनमा साथ दिएका छन् ।

सुरु दिन हिजो नुवाकोटका जगदीश्वर नरसिंह के सी, काभ्रेका मधु आचार्य र धादिङका रमेश धमला अनसन बसेका थिए ।

यसअधि अस्ति मंगलबार उनीहरूले पार्टी कार्यालयमा धर्ना दिएका थिए । यी सभापतिहरू माग पूरा गराउन थप दवाव दिदै अनसन बसेका हुन् ।

रिले अनसनमा बस्ने सभापतिहरू प्राय वरिष्ठ नेता पौडेल पक्षीय छन् ।हिजो बुधबार विहान चाक्सीवारीमा बसेको पौडेल पक्षीय नेताहरूको एक बैठकले अनसनमा बसेका समापतिहरूको माग समयोचित बताउँदै समर्थन समेत गरेको छ ।

बैठकमा रमचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, अर्जुननरसिंह के सी, मीनेन्द्र रिजाल, बलबहादुर के सी लगायत नेताको उपस्थिति थियो ।

काँग्रेसको क्रियाशील सदस्यताको विवाद निकै लामो समयदेखि बल्झिएर रहेको थियो । रमेश लेखक संयोजक रहेको मूल समितिले यो समस्या समाधान गर्न नसकेपछि शीर्ष नेताहरू नै यसमा लागेका थिए ।

अन्तिम समयमा यो विवाद समाधानको जिम्मा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रिय सदस्य दुई मीनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको थियो ।

तीन नेताको यो टोलीले विवाद टुंग्याएर आफ्नोतर्फबाट तयार पारेको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई मंगलबार मात्र बुझाएको छ ।

तर त्यस अनुसार क्रियाशील सदस्यको संख्या र विवरण वेवसाइटमा अद्यावधिक गरिएको भने छैन ।

विवादित वडाहरूको सदस्यता के भयो भन्ने जानकारी पनि गराइएको छैन ।

वारा, सप्तरी, पर्सा, सर्लाही लगायतका जिल्लमा सदस्यता वितरणको समस्या थियो । यी जिल्लाका सम्बन्धित वडाका व्यक्ति र स्थानिय नेताहरू पनि सदस्यता वितरणमा उल्झिएको विवाद न्यायपूर्णरूपमा समाधान गरियोस् भन्दै कैयौं दिनदेखि सानेपामै धर्नामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर