काठमाडौं २८ साउन, । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले परमादेशबाट सरकार बनेको भन्ने केपी ओली लगायतका सांसदलाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।
सांसद यादवले उक्त आग्रह आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गर्नुभएको हो ।
उहाँले जसको मेन्टल्ली बिग्रेको छ त्यसले भन्छ परमादेश भन्नुभयो ।
‘हामी हाउसमा परमादेशबाट आएका होइनौ, जनादेशबाट आएको । संवैधानिक विवाद वा कानुनी विवाद उठ्यो भने त्यो ब्याख्या गर्ने अधिकार सर्वोच्चलाई नै दिएको छ संविधानले’ उहाँले भन्नुभयो, परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? जजसलाई लागेको छ, राजीनामा दिए हुन्छ ।
उहाँले ओलीलाई इंगित गर्दै भन्नुभयो, ‘संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो हाउसमा नआइकन राजीनामा गर्नुस । चुनाव लडेर फेरी आए भइहाल्छ ।