काठमाडौं, २५ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)को एकता खारेजको मागमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै रिट परेको थियो ।
राजपासँग पार्टी एकता गरी आएका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो ।
गत असार ३० गते न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीसँग लिखित जवान माग गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।