काठमाण्डौ, २२ साउन । पशुपतिनाथ मन्दिर परिसरबाट पुरातात्विक महत्वको कामदेव भगवान्को मूर्ति चोरी भएको छ ।
तीन सय वर्ष पुरानो पाटी नं. २० को सो मूर्ति गत चैतसम्म सुरक्षित रहेको वुझिएको छ ।
सो मूर्ति चोरिएपछि स्थानीयले खोजीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र पशुपति क्षेत्र विकास कोषमा निवेदन दिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले पनि पाटी नं. २० मा रहेको जग्गा अतिक्रमण भएको र त्यहाँ राखिएको मूर्ति पनि गायब भएको सूचना प्राप्त भएको बताउनुभयो
