काठमाडौ, २१ साउन । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन हुने भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले उक्त दिन दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।

साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराउनुका साथै उक्त प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर