बाङ्ग्लादेश, २१ साउन । बाङ्ग्लादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् ।

उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा चट्याङ खसोको स्थानीय बासिन्दाले वताएका छन् ।

एक स्थानीय अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन्।

भोजमा सहभागी भएका मानिसहरू पद्मा नदीपारि पाकातिर जाँदै थिए। ठूलो पानी पर्न थालेपछि उनीहरू टिनको छानोमुनि ओत लाग्न बसेका थिए, उक्त घटनाबारे स्थानीय अधिकारी शकिब अल राबीले वताउनुभयो ।
घटना हुँदा बेहुली उक्त समूहमा थिइनन्।

मौसमविद्हरूका अनुसार उत्तर तथा पश्चिमोत्तर बाङ्ग्लादेश बढी चट्याङ पर्ने सम्भावना भएका क्षेत्र हुन्। गर्मीयाममा तापक्रम बढ्दा त्यहाँ चट्याङ पर्ने सम्भावना अझ बढ्छ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर