काठमाडौँ, १६ साउन ।  नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।

शनिबारको बैठकमा नेपाल पक्षको सहभागिताका लागि ओली पक्षीय नेताहरुले नेपालसँग भेटवार्ता गरेका थिए । तर, आजको बैठकमा पनि नेपाल पक्ष सहभागी हुने परिस्थिति बनिसकेको छैन ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर