बुटवल, १५ साउन । नेकपा एमालेका शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा रहेका जनता समाजवादी पार्टी(जसपा)बाट निलम्बित तीन जना मन्त्री सांसद पदबाट मुक्त भएका छन् ।
सांसद पदबाट मुक्त मन्त्रीहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे रहेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले आज एक सूचना जारी गर्दै सो जानकारी दिनुभएको हो ।
उनीहरुलाई पार्टीको नीतिविपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै मंगलबार जसपा केन्द्रीय कार्यकारीणी समितिले निष्कासन गरेको थियो ।
जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।

