काठमाडौ, १५ साउन । ठमेलमा अवैध चिनियाँ रक्सी निर्माता चिनियाँ नागकि सी जिहुईलाई प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ रक्सी वनाउने कारखाना छापामार्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

सी पर्यटन भिसामा नेपाल आएका थिए । प्रहरीका अनुसार ती चिनियाँले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा उत्पादन गरिरहेका थिए ।
रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर