काठमाडौँ, २ फागुन काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनाका थप कार्यक्रम घोषणा गरेको छ ।
फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने र फागुन ६ गते काठमाडौंको टुँडिखेल वरिपरि मानव साङ्गो प्रदर्शन गर्ने भएको छ।
यही फागुन ९ गते महिला हिंसा, हत्या एवं बलात्कारकाविरुद्ध देशव्यापी महिलाको विरोध प्रदर्शन गरिनेछ । फागुन १२ गते चितवन, २१ गते दाङ र जनकपुर, नेपालगञ्जलगायत शहरमा विरोध प्रदर्शन र जनसभा तय गरिएको उहाँको भनाइ छ
चौथौ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको असंवैधानिक कदमविरुद्ध आफुहरु सडकसँगै कानूनी संघर्षमा रहेको बताउनुभयो ।