काठमाडौँ, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली एमाले पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।
माधव नेपाल पक्षलाई ओली एमाले पक्षले सोधेको २४ घण्टे स्पष्टीकरण लगत्तै हिजो बेलुका नेपालसहितका २२ सांसदहरुबीच छलफल भएको र सो छलफलले जवाफ दिन जरुरी नरहेको निर्णय गरेको सांसद मेटमणि चौधरीले वताउनुभएको छ ।
नेपाल पक्षका सांसद चौधरीका अनुसार ओली पक्ष एमाले पार्टिलाई पार्टीको रुपमा नस्विकारिएको अवस्थामा त्यसको निर्णय अनुसार स्पष्टिकरण दिनुपर्ने औचित्य नै रहदैन र एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनु पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर