काठमाडौ, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ ।
सरकारको सिफारिसमा भण्डारीले सो खारेज गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को साउन २ मा गरेको सिफारिसअनुसार उक्त अध्यादेश खारेज भएको हो ।

