काठमाडौ, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
उक्त निर्णय यादव समूहको संसदीय दलको बैठकको जसपाको तत्काल कायम रहेको सांसद संख्याको बहुमत सांसदले गरेको जानकारी जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले दिनुभयोे ।
पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ। पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिए।
