काठमाडौँ, २७ असार। ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि  जितेको छ। मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले प्रमुख उपाधि जितेको हो ।ब्राजिलको रियो दी जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा  ब्राजिललाई १-० ले हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि  जितेको हो।

दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफको २२औं मिनेटमा अर्जेन्टिनी फरवार्ड एन्जल डि मारियाले शानदार गोल गर्दै अर्जेन्टिनालाई  अग्रता दिलाए। रोड्रिगो डे पलको उत्कृष्ट लङ पासमा डि मारियाले ‘चिप शट’ प्रहार गरेका थिए।  डी मारियाले गरेको गोल नै खेलमा निर्णायक बन्यो।

सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपा अमेरिकाको उपाधि जित्दै धेरै पटक कोपा अमेरिका जित्ने टिमको सूचिमा उरुग्वेसँग बराबरी गरेको हो। यो सिजन अर्जेन्टिना च्याम्पियन बनेसँगै उरुग्वे र अर्जेन्टिनाले सर्वाधिक समान १५/१५ पटक कोपा अमेरिकाको उपाधि जितेका छन्।

पटक-पटक ठूला प्रतियोगितामा आफ्नो टिमलाई फाइनलसम्म पुर्‍याएर पनि उपाधि दिलाउन नसकेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी यसपटक  सफल भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर