दक्षिण अफ्रिका, २४ असार । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ ।

स्थानीय समय अनुसार बुधवार अबेर उहाँ आफ्नो निवास नजिकै रहेको जेल पुगेको उहाँको फाउन्डेसनले जनाएको छ।

दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो ।

अदालती सुनुवाइमा उपस्थित हुन नसकेका कारण जुमालाई गत हप्ता १५ महिना लामो जेल सजाय सुनाइएको थियो ।

आइतवार आत्मसमर्पण गर्न अस्वीकार गरेपछि जुमालाई निश्चित समय उपलब्ध गराइएको थियो ।

राष्ट्रपति जुमाले पक्राउ आदेशको पालना गर्ने निर्णय गर्नुभएकोछ फाउन्डेसनले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ।

उहाँकी छोरीले त्यसको केही समयपछि सामाजिक सञ्जाल ट्विटरमा आफ्ना पिता बाटोमा रहेको (जेल जानका लागिं)र उहाँमा अझै पनि उच्च आत्मबल रहेकोु भन्दै पोस्ट गरेकी थिइन्।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।
उहाँको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ।

तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आउनुभएको छ ।

सन् २०१८मा उहाँलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उहाँ सफल हुनुभएको थियो । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर