काठमाडौं, २३ असार । हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ ।
स्थानीय समय अनुसार उहाँको बुधबार राती १ बजे आफ्नै निवासमा हत्या भएको जानकारी हाइटी सरकारले दिएको छ ।
प्रधानमन्त्री क्लाउडे जोसेपका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो ।
जोसेपका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । आक्रमणका क्रममा राष्ट्रपति मोइसेकी पत्नी लाईपनि गोली लागेको बताइएको छ । प्रधानमन्त्री जोसेपले यस घटनालाई घृणित, अमानवीय र बर्बर भएको बताउनुभएको छ । एजेन्सीहरु
