काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले सो कदमको विरोधमा पाँच विध्यार्थी संगठनले आज यहाँ प्रदर्शन गरेका छन् ।
काठमाडौंको माइतीघरमा राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायत विभिन्न नारा लेखिएको ल्पेककार्ड सहितको विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)को सहभागिता रहेको थियो ।
प्रतिनिधिसभा विघटनको विरोधमा ती विध्यार्थी संगठनहरुले विरोध गर्दै आइरहेका छन् ।