मध्यपुरथिमि, १९ असार । आफ्नै छोरीलाई यौन दुव्र्यबहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको थियो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले यौन दुव्र्यबहार गरेको भन्दै १५ वर्षकी छोरीले बाबु ( ३१ वर्ष ) विरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएकि थिइन ।
अभियुक्त बावुलाई हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर