अमेरिका, १९ असार । दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ।
उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको थियो।
तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए।
रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए।
बोइङका ७३७ म्याक्स विमान उडानमा संसारभरि रोक
यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ।
एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक ठानिएका व्यक्तिलाई ह्वीलचेअरमा राखेर लगिँदै थियो। उनी होसमा रहेको जस्तो देखिन्थ्यो।
ती पाइलटले आफूहरू समस्यामा परेको थाहा पाएका थिए।
अनलाइनमा राखिएको भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई भनेको सुनिन्छ,नम्बर १ इन्जिन बिग्रेको छ।ू
अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।बीबीसी
