काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको मतदानको समय दुई घण्टा थप गरि साँझ ५ वजेसम्म समय तोकिएको छ ।
एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
बिहान ७ बजेपछि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् । महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यसहितलाई गरी २३ ओटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले समय लागेको हो ।
