लन्डन, १४ असार । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घका केन्द्रीय अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताउनुभयो ।

संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल बनाउनका लागि देशविदेशका सबै नेपालीको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उहाँले यो प्रतियोगिता अन्तर्राष्ट्रियस्तरको  हुने बताउनुभयो ।

प्रिअडिशनपछि नेपालका टेलिभिजनबाट पनि यो कार्यक्रम प्रसारण हुनेछ । प्रतियोगिताका केही एपिसोड नेपालमा पनि हुनेछन् । त्यसका लागि अवस्था पनि हेर्नुपर्ने हुन्छ । त्यो बेलासम्म महामारीको अवस्था कस्तो हुन्छ त्यसअनुसार पनि निर्णय हुने बताइएको छ । कति अडिशन भर्चुअल गर्ने र कति भौतिक रुपमै गर्ने भन्ने कुरा त्यही अवस्थाअनुसार हुने गौतमको भनाइ थियो ।

कार्यक्रममा प्रथम पुरस्कार रु १५ लाख, द्वितीय पुरस्कार रु सात लाख र तृतीय पुरस्कार रु चार लाख तोकिएको आयोजकले जनाएका छन् । ‘एनआरएन द सिङ्गर’ नामको मोबाइल एपमा डाउनलोड गरेर प्रतियोगीले त्यसैमा आफ्नो गीतको भिडियो राख्न सक्नेछन् । भिडियो फाइल र त्यसको लिङ्कसमेत एपमा राख्न सकिनेछ । यो एपमा कार्यक्रमबारे जानकारी पनि हुनेछ भने प्रतियोगीका लागि भोटिङका लागि पनि यो एप प्रयोग हुनेछ ।

‘खोजी ः एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ नारा दिइएको यो प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार बाँस्कोटा, गायकशम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनुभएको छ ।

 

–––

प्रतिक्रिया

सम्बन्धित खवर